काठमाडौं, पुस १० – औपचारिक रूपमा आइतबार वितरण गर्न थालिने मेसिन रिडेबल पासपोर्ट (एमआरपी) पहिलो चरणमा मुलुकका विशिष्ट पदाधिकारीलाई प्रदान गरिने भएको छ । सबैभन्दा पहिला राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री माधवकुमार नेपाल, सभामुख सुवास नेम्वाङलगायत विशिष्ट १० जनालाई वितरण गरिनेछ ।
‘पुस ४ गते पहिलोपटक ३ सय ७५ जना सर्वसाधारणले भरेको एमआरपी आवेदन स्वीकृत भएकामा त्यसमा पनि एक सय जति कम्प्युटर इन्ट्री क्रममा त्रुटि देखिएको छ,’ परराष्ट्रका एक अधिकारीले भने, ‘आइतबार सम्भवतः एक सय जति सर्वसाधारणले एमआरपी पाउने छन् ।’



