बुटवल – संचारमाध्यमहरुले जनाए अनुसार रुपन्देहीको शंकरनगरमा टिप्पर र माइक्रोबस ठोक्किंदा एकजनाको मृत्यु भएको छ भने २६ यात्रु घाइते भएका छन् ।
मृत्यु हुनेमा पाल्पा बौघा गुम्बा ३ का ५० वषिर्य नरसिंह सारु रहेका छन् । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ५२३२ नम्वरको टिप्पर र ना २ ख ८१३७ नम्वरको माईक्रोबस रुपन्देहीको शंकरनगर ३ मा एकआपसमा ठोक्किएका थिए ।
घाइते मध्ये २० जनाको अवस्था गम्भीर रहेको छ । ती मध्ये १८ जनाको बुटवलस्थित लुम्विनी अञ्चल अस्पताल र २ जनाको भैरहवामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।