उच्चस्तरिय कार्यदलको म्याद नथपिएपछि नयाँ संविधानमा देखिएको विवाद अन्त्य गर्न २७ दलको प्रयास सुरु

काठमाडौ – संचारमाध्यमहरुले जनाए अनुसार उच्चस्तरिय कार्यदलको म्याद नथपिएपछि नयाँ संविधानमा देखिएको विवाद अन्त्य गर्न २७ दलले बुधबारदेखि प्रयास सुरु गरेका छन् । सभामुख सुवास नेम्वाङको पहलमा बसेको २७ दलको बैठकले संयुक्त रुपमा विवाद मिलाउने कोशिस थालेका हुन् ।

नयाँ संविधानमा रहेका २ यस १० वटा विवादित बुँदा मध्ये यसअघि कार्यदलले सहमति जुटाएको १ सय २७ बुँदा अनुमोदनका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच छलफल भएको हो ।

कार्यदलले शासकीय स्वरुप र व्यवस्थापकीय अंग निर्धारण सम्बन्धी समितिको मस्यौदामा गरेको सहमतिलाई बुधबार  बसेको  बैठकले अनुमोदन गरेको छ ।

आगामी आइतबार बिहान बस्ने बैठकमा सो विषयमा थप छलफल हुने बताइएकोछ । शासकीय स्वरुप, राज्य पुनःसंरचना लगायत मुख्य विषयमा दलहरुबीच सहमति जुट्न सकेको छैन ।


भावी संविधानमा देखिएको विवाद अन्त्यका लागि गठित उच्चस्तरीय कार्यदलको म्याद थप्न माओवादी लगायत केही साना दलले असहमति जनाएपछि विवाद अन्त्यका लागि २७ दल नै सक्रिय भएका हुन् ।