गुल्मी: खर्ज्याङ्गमा विशेषज्ञ चिकित्सक सहितको सुविधासम्पन्न अस्पताल संचालनमा आउदै , तिन जिल्लाका डेढ लाख बढी जनता लाभान्वित हुने । (तस्बिर सहित)

– केशब पन्थि , अर्घाखाची डट्कम। 

गुल्मी- गुल्मीको एक ग्रामीण भेगमा जनस्तरबाट विशेषज्ञ चिकित्सक सहितको सुविधासम्पन्न अस्पताल संचालन हुन गईरहेको छ। जिल्लाकाे छत्रकाेट गाउँपालिका-५ खर्ज्याङ्ग बजारमा पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल प्रा.लि. लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभास सङ्गको साझेदारीमा जनस्तरबाट लगानी गरेर अस्पताल संचालन हुन लागेको हो।

No description available.1

सोमबार उक्त अस्पतालका शेयर धनिहरुको संस्था खर्ज्याङ्ग पब्लिक हेल्थ प्रालिले पत्रकार सम्मेलन गर्दै पुष १४ गते १५ शैयाको अस्पतालको उद्घाटन गर्न लागिएको त्यस संस्थाका अध्यक्ष सरोज पाण्डेले जानकारी दिए।

No description available.

गुल्मीको छत्रकाेट, गुल्मीदरबार र रुरुक्षेत्र गाउँपालिका तथा अर्घाखाँचीको छत्रदेव र पाणिनी गाउँपालिका साथै पाल्पाको रैनादेवी छहरा गाउँपालिका गरी ६ स्थानीय तहका एक लाख बढी जनसंख्यालाई लक्षित गरेर विगत ७ वर्षदेखि अस्पताल स्थापना गर्ने उद्देश्यका साथ हाल संचालनमा ल्याइएको हो ।

No description available.1

अस्पताल तीन सय ९७ जना नागरिकको सेयर लगानीमा स्थापना भएको अस्पतालका कार्यकारी निर्देशक नारायणप्रसाद अर्यालले बताए। “गुल्मी, अर्घाखाँची र पाल्पाको ऐक्यबद्धता-गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ अस्पतालकाे स्थापना भएको हो ।

No description available.

यस अस्पतालमा लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाकाे पनि बराबरी लगानीमा खर्ज्याङ्ग पब्लिक हेल्थ लिमिटेडको स्थापना भएको हो । अस्पतालमा हालसम्म ७ करोड लगानी भइसकेको छ ।

images

No description available.

पूर्ण रुपमा उपकरणसहित अस्पताल सम्पन्न हुँदा १० करोड लगानी हुने अस्पताल संचालक समिति अध्यक्ष पाण्डेको भनाई छ।

images

पत्रकार सम्मेलनमा लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाका संचालक समिति अध्यक्ष गाेपालबहादुर पाेखरेलले आफूहरूको समेत सहजीकरणमा गुल्मीमा अस्पताल स्थापना गरेर गुल्मी, अर्घाखाँची र पाल्पाका बिरामीले सहज सेवा पाउने बताए ।

No description available.

images

त्यस्तै लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाका संचालक समिति सदस्य रामप्रसाद पाेखरेलले पाल्पापछि गुल्मीमा पनि आफूहरूकाे समेत लगानीमा गुल्मी, पाल्पा र अर्घाखाँचीकाे सिमाना गुल्मीको छत्रकाेट गाउँपालिका वडा नम्बर ५ खर्ज्याङ्गमा अस्पताल स्थापना भएको बताए ।

No description available.

उनले खर्ज्याङ्गका स्थानीयकाे उत्साह र गुल्मीकाे गुल्मीदरबार, छत्रकाेट र रुरुक्षेत्रका सराेकारवालाकाे सहयोगका कारण अस्पताल स्थापना गर्न सम्भव भएको बताए।

No description available.

Nepal life insurance

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष टाेपलाल अर्याल सहित क्रियाशील पत्रकार र नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीका अध्यक्ष अशाेक खनालसहित क्रियाशील पत्रकारहरुकाे उपस्थिति रहेको थियोे ।

111Open photo