संसद अधिवेशन नजिकिदै जादा प्रधानमन्त्रीको रेशमा एक्लै रहेको कांग्रेसले पौडेलको उम्मेदबारीको प्रस्तावमा संसदका बहुमत सदस्यहरुले विपक्षमा मतदान गरे भने लाकेतान्त्रीक पार्टीको हैसियतले फिर्ता लिने धारणा बनाएको छ। ‘उम्मेदबारीको विपक्षमा बुहमत सदस्यहरुले मतदान गरे लोकतान्त्रीक पार्टीको नाताले उम्मेदबारी फिर्ता लिने सहमति नेताहरुबीच भएको छ’ केसीले भने।
विगत लामो समय कांग्रेसले एमालेको संरक्षण गरेको तर अहिले धोका दिएको ठहर बैठकको छ। ‘एमालेको नेतृत्वमा सरकार बनाउने देखि संविधानसभाको निर्वाचनमा समेत कांग्रेसले एमालेलाई संरक्षण गरेको थियो’ बैठकमा सहभागि कांग्रेसका एक वरिष्ठ नेताले भने, ‘अहिले प्रधानमन्त्री निर्वाचन प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेर एमालेले ठूलो धोका दिएको ठहर हामीले गरेका छौ।’
बैठकमा पौडेलको उम्मेदबारीको विपक्षमा एमालेले मतदान गरे एमालेसँगको सम्वन्धमा समेत पुर्नविचार गर्नुपर्ने धारणा केही सदस्यहरुले रोखका थिए। ‘एमालेले पटक पटक धोका दिएकाले लोकतान्त्रीक पार्टीको हैसियतमा अवका दिनहरुमा एक्लै अघि वढ्नु पर्ने धारणा केही बैठकका सहभागिहरुको थियो’ बैठकमा सहभागि एक नेताले भने।
उम्मेदबारी फिर्ता गर्न सत्तासाझेदार एमालेले केन्द्रीय समितिबाट निर्णय गरी आग्रह गर्दै आएको छ। माओवादीले भने पौडेलको उम्मेदबारी संसद अधिवेशनको अन्त्यसँगै खारेज भईसकेको दावी गर्दै आएको छ। ‘प्रधानमन्त्रीको उम्मेदबारी खारेज गर्ने कोषिश भयो भने त्यो गम्भीर खतरा हुने हाम्रो अनुमान छ’ कांग्रेसका एक उच्च नेताले भने।
माओवादी लडाकू समायोजन लगायत शान्ति प्रक्रियाको निष्कर्ष र लोकतान्त्रक संविधान निर्माणको कार्यतालिका सहितको ठोश विश्वासीलो आधारमा सहमति नभएसम्म माओवादी सहितको सरकार गठन हुन नसक्ने निष्कर्ष पनि बैठकले निकालेको छ।
बैठकमा सभापति कोइराला, दलका नेता पौडेल, महामन्त्री प्रकाशमान सिह, कोषाध्यक्ष चित्रालेखा यादव र सदस्यहरु केसी, महेश आचार्य, रामशरण महत, कृष्णप्रसाद सिटौला लगायत केन्द्रीय सदस्यहरु सहभागि थिए।



