विभिन्न राजनीतिक दलहरुका चार हजारभन्दा बढी कार्यकर्ताहरु मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश

काठमाडौं – संचारमाध्यमहरुले जनाए अनुसार तराई मधेस पार्टीका केन्द्रीय सदस्य शशीकान्त मिश्र सहित विभिन्न राजनीतिक दलहरुबाट मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा चार हजारभन्दा बढी कार्यकर्ताहरु प्रवेश गरेका छन्।

 

एक दर्जन जिल्लाहरुबाट प्रवेश गरेका कार्यकर्ताहरुलाई फोरम अध्यक्ष विजयकुमार गच्छदारले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा सदस्यता वितरण गरी स्वागत गरेका थिए।

मंगलबार फोरम केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार काभ्रेबाट कांग्रेस समर्थित गणेश लामा सहित २ हजार ५ सय, दोलखाबाट माओवादीका दिपक राउत सहित ३ सय जना, रामेछापबाट माओवादी समर्थित २० जना र नुवाकोटबाट माओवादी समर्थित सन्तोष गुरुङ सहित २० जना फोरम प्रवेश गरेका छन्। काठमाडौंबाट कांग्रेस सक्रिय सदस्य श्याम कार्की सहित १० जना, सिन्धुपाल्चोकबाछ पचास जना, झापाबाट एमाले सक्रिय सदस्य मिनप्रसाद पौडेल सहित १० जना सहित विभिन्न जिल्लाबाट ४ हजार ४ सय ५१ जना पार्टी प्रवेश गरेको फोरम केन्द्रीय कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।