मधेशमा गठबन्धन, एमाले र जनमतका पाँच जनाको उम्मेदवारी

धनुषा – राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशमा पाँच जनाको उम्मेदवारी दर्ता भएको छ । मधेशमा दुई जना राष्ट्रियसभा सदस्यका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगले सोमबार दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको थियो । सोही समयमा मधेश प्रदेशमा पाँच जनाले उम्मेदवारी दर्ता गराएका हुन ।

1

मधेशमा नेपाली कांग्रेसबाट अन्यमा आनन्दप्रसाद ढुङ्गना र जसपाबाट महिलामा पूजा चौधरीले उम्मेदवारी दर्ता गराएका छन ।

यस्तै, जनमत पार्टीबाट अन्यमा रामाशंकर महासेठ, नेकपा (एमाले)बाट अन्यमा कुमारी विजेता झा, महिलामा उषादेवी थरुनीले उम्मेदवारी दर्ता गराएका छन ।

 

1