अर्न्तराष्ट्रिय ट्रेड युनियन महासंघ (आईटियुसी) को झन्डा सगरमाथा पुर्‍याइने

काठमाडौं – संचारमाध्यमहरुले जनाए अनुसार अर्न्तराष्ट्रिय ट्रेड युनियन महासंघ (आईटियुसी) को झन्डा सगरमाथा पुर्‍याइने भएको छ। यस अघि छ पटक सफल आरोहण गरिसकेका दोर्जे खत्रीले आगामी मे २२ मा चुचुरोमा पुर्‍याउने लक्ष्य लिएका छन्।

 

विश्वव्यापी रुपमा हिमालको सुरक्षा गर्ने अभियान सफल पार्नका लागी नेपाल टे्रड युनियन महासंघ (जिफन्ट) द्धारा सेभ क्लाइमेट सेभ हिमाल भन्ने नाराको साथ हुन लागेको अभियानमा दार्जे खत्रीलाई आईटियुसी का एसिया प्यासिफिक महासचिव नारुयुकी सुजुकीले लागी सोमबार एक कार्यक्रम गरी झन्डा हस्तान्तरण गरे। झण्डा हस्थान्तरण गर्दै महासचिव सुजुकीले हिमाल चढ्नु पनि टे्रड युनियन आन्दोलन जस्तै भएको बताए।

 

कार्यक्रममा जिफन्टका अध्यक्ष विष्णु रिमाल लगाएतले खत्रीलाई सफलताको शुभकामना दिएका थिए।