व्यवस्थापिका संसदमा बुधबार हुने प्रधानमन्त्रीको निर्वाचनमा माओवादी र एमालेले आफुहरु एक भएर प्रस्तुत हुने सहमति गरेका छन । दुवै दल प्रधानमन्त्रीका एक्ला उम्मेदवार कांग्रेस नेता रामचन्द्र पौड्लको विरुद्धमा जाने भएका हुन् ।
माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठका अनुसार एमाले संसदीय दलको कार्यालयमा दुवै दलका शीर्ष नेताहरुसहित भएको बैठकमा मंगलबार सकेसम्म पौडेलको उम्मेदवारी फिर्ताको लागि आग्रह गर्ने र त्यसो गर्न नमाने दुवै दलले उनको बिरुद्धमा भोट हाल्ने सहमति भएको हो ।
बैठकपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले संसदमा कसरी प्रस्तुत हुने विषयमा छलफल भएको संवाददाताहरुलाई बताए । उनले कुन कुन विषयमा सहमति भएको हो त्यो भने खुलाएनन् । उनले कांग्रेस र एमालेका नेताबीच सोमबार भएको भेटवार्ताका विषयमा छलफल भएको बताए ।
बैठकपछि एमाले अध्यक्ष खनालले चार महिना भित्र संविधान निर्माणका कार्य सम्पन्न गर्नु पर्ने भएकाले छिट्टै सरकार गठन गर्नुपर्ने विषयमा छलफल भएको जनाए।



