प्रमुख सत्तारुढ कांग्रेस, एमालेद्वारा माओवादी र नेपाली सेनाको कन्टेनरमा रहेका हतियार अनुगमनका लागि संयन्त्र बनाउन सहमत

काठमाडौ – संचारमाध्यमहरुले जनाए अनुसार राष्ट्र संघीय मिसन (अनमिन) जान लागेकै बेला प्रमुख सत्तारुढ कांग्रेस, एमालेले माओवादी र नेपाली सेनाको कन्टेनरमा रहेका हतियार अनुगमनका लागि संयन्त्र बनाउन सहमत भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा अधिकारकर्मी र दुई दलका नेताहरुबीच भएको छलफलमा विशेष समिति अन्तर्गत रहने ग त्यस्तो संयन्त्र बनाउन सहमत भएका हुन् । त्यसका लागि प्रधानमन्त्री माधवकुमार नेपालले विशेष समितिको बैठक बुधबारलाई बोलाएका छन् ।

दुई दल र नागरिक समाजका प्रतिनिधिहरुबीच साँझ बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्रीले माओवादीका सातवटा शिविर र सेनाको छाउनीस्थित कन्टेनरमा रहेका हतियारको अनुगमनका लागि विशेष समिति मातहत संयन्त्र बनाउन तयार रहेको बताएका थिए । प्रधानमन्त्री नेपाललाई अधिकारकर्मी दमननाथ ढुंगाना, पद्यमरत्न तुलाधारले अपरान्ह र राष्ट्रसंघका पूर्व उपमहासचिव कुलचन्द्र गौतम, मानवअधिकारकर्मी सुशील प्याकुरेल, संवैधानिक समितिका अध्यक्ष निलाम्बर आचार्य, विशेष समिति सचिवालयका संयोजक बालानन्द शर्मा, गेजा शर्मा वाग्ले, कनकमणि दिक्षितले संयन्त्र निर्माणमा सरकार लचिलो हनुपर्ने बताएका थिए । कांग्रेसले यसअघि माओवादीद्धारा प्रस्तावित संयन्त्र निर्माणप्रति अनुच्छुक देखिएको थियो । विशेष समिति संवैधानिक अंग समेत रहेकाले समितिलाई अन्मिनको विकल्पमा प्रभावका बनाउनु पर्ने उसको माग थियो । विशेष समिति मातहत रहेने ग  संयन्त्र निर्माण भएमा भने कांग्रेसले पनि सहमति जनाउने भएको हो ।

कांग्रेस प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरेले अनमिनले बुझाएको सवारीसाधन, उपकरणलगायत लडाकुको शिविरलाई कस्को नियन्त्रणमा लिने भन्नेबारे छलफल भएको बताए । उनले अनमिनको विकल्पमा विशेष समितिलाई प्रभावका बनाएर अघि बढ्ने बारे छलफल भएको बताए ।