काठमाडौ – राष्ट्रसंघ सुरक्षा परिषद्मा शुक्रबार नेपालको शान्ति प्रक्रिया र अनमिन बहिर्गमनपछिको स्थितिबारे छलफल गर्न ‘विशेष बैठक’ बस्ने भएको छ ।
पुस मसान्तमा अनमिनको कार्यकाल टुंगिने भएपछि अबको परिस्थितिबारे परामर्श गर्न यहाँ आएका राष्ट्रसंघीय महासचिवका प्रतिनिधि तम्राट स्यामुअलले पठाउने रायका आधारमा सुरक्षा परिषद्ले एजेन्डा तय गर्ने न्युयोर्कस्थित नियोगका एक अधिकारीले बताए । मंगलबार राति आएका ताम्राटले बुधबारै भेटघाट सुरु गरेका छन् ।



