
काठमाडौ – प्राप्त समाचार अनुसार भारतीय विदेश सचिव अनुपमा राव आज तीनदिने भ्रमणका शिलसिलामा नेपाल आइपुग्नु भएको छ। परराष्ट्र सचिव मदनकुमार भट्टराईको निमन्त्रणमा नेपाल आउनु भएका रावले नेपालमा सरकार निर्माण लगायतका विषयमा पनि चासो राख्नु हुनेछ ।
भारत सरकारबाट नेपाली सेनालाई हुने सैन्यसहितका सहयोगका विषयमा पनि छलफल हुने भारतीय दुतावासले जनाएको छ । रावले राष्ट्रपति, प्रधानमन्त्री, संविधानसभाका अध्यक्ष प्रमुख दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपति प्रधानमन्त्री र सभामुखसँग आजै छलफल हुनेछ । परराष्ट्र सचिव भट्टराईसँग सहयोगका विषयमा दुईपक्षीय वार्ता हुनेछ । वार्तामा एकीकृत भन्सार विन्दु, सीमावर्ती रेल्वे विस्तार, हुलाकी सडक लगायतका सम्झौता कार्यान्वयनको समिक्षा हुनेछ ।