काठमाडौ – काठमाडौंबाट प्राप्त समाचार अनुसार व्यवस्थापिका संसदको आज(शुक्रबार) बोलाइएको बैठक पनि स्थगित गरिने भएको छ । संसद सचिवालय स्रोतका अनुसार सोमबार सम्मका लागि संसद बैठक स्थगित गर्न लागिएको छ । सूचना टाँसेर बैठक स्थगितको जानकारी दिने सचिवालयले तयारी गरेको छ ।
यसरी सूचना टाँस गरिएर यो लगातार चौथो पटक संसद स्थगित गर्न लागिएको छ । बैठक अपारान्ह १ बजे बोलाइएको थियो । प्रधानमन्त्री निर्वाचनका लागि संसदको नियमावली संशोधनका विषयमा दलहरुबीच सहमति नभइसकेको,सहमतीय सरकार निर्माणका लागि राष्ट्रपतिसंग थप पाँच दिनको म्याद माग्ने तीन दलबीच सहमतिलाई मध्येनजर गर्दै बैठक स्थगित गर्न लागिएको जनाइएको छ ।
सहमतीय सरकार निर्माणका लागि राष्ट्रपतिले दिएको समयसीमा शुक्रकार सकिएदैंछ । प्रमुख तीन दलको बिहान बसेको बैठकले थप सहमतीय सरकार निर्माणका लागि पाँच दिनका लागि राष्ट्रपतिलाई आग्रह गर्ने सहमति गरेको छ ।
यसैबीच,तीन दलबीच भएको सहमतिका विषयमा थप छलफल गर्न संसदमा रहेका २८ दलको बैठक संविधानसभा भवनमा बस्दैछ ।



