सार्वजनिक अपराध अभियोगमा पक्राउ परेका सुनसरी भरौलका देवीप्रसाद रेग्मीविरुद्ध सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा दायर भएको छ। एमाले सुनसरी जिल्ला कार्यालय सचिब गोबिन्द कार्कीले दिएको जाहेरीमा प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले रेग्मीलाई १५ दिन थुन्ने आदेश दिएका छन्।
खनाललाई झापड हानेको घटनाको छानबीन गर्नका लामाको संयोजकत्वमा सुनसरीका एसपी भुपालकुमार भण्डारी र इटहरीका प्रहरी निरीक्षक श्यामल सुब्बा सदस्य रहेका छन्। प्रहरीले पाँच दिन भित्रमा प्रतिवेदन बुझाउने जानकारी दिइयो। प्रहरीले प्रारम्भिक छानबीन थालिसकेको सदस्य भण्डारीले जानकारी दिए।
खनाललाई झापड हानेको घटना छानबीन गर्नका लागि बिहीबार नै एमाले जिल्ला कमिटी सुनसरीले उपसचिब मोतीराज सुनुवारको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिको प्रारम्भिक अध्ययन अनुसार खनाललाई झापड हान्नका पार्टी भित्रकै कार्यकर्ताको उकास्वटमा लागेको तथ्य नजिक पुगेको जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीले बताए। ‘केही व्यक्ति विशेषको उकास्वटमा लागेर झापड हानेको तथ्य नजिक समिति पुगेको जानकारी गराएको छ,’ उनले भने, ‘झापड हान्न लगाउने तीन जना भएको अहिलेसम्मको अनुसन्धानबाट पत्ता लागेको छ।’ उनले गहिरिएर अध्ययन नगरी उनीहरुको नाम सार्वजनिक गर्न नमिल्ने बताए। समितिका संयोजक सुनुवारले भने कुनै प्रतिक्रिया दिन मानेनन्।
इटहरीमा बिहीबार पार्टीको तीन महिने वैचारिक, सागठनिक र सुदृढिकरण अभियान कार्यक्रम उद्घाटन गर्न आएका खनाललाई सयौ कार्यकर्ता र सुरक्षाकर्मी माँझ कार्यक्रम स्थलमै रेग्मीले झापड हानेका थिए।
भरौल-१ का ५३ बर्षीय रेग्मी एमालेका पूर्व कार्यकर्ता भएपनि संविधानसभा निर्वाचनपछि उनी स्वतन्त्रपूर्वक जिवनयापन गर्दै आएका थिए। सात बर्ष अघि सोलुमा शिक्षक काम गर्ने भाई वेदप्रसाद रेग्मीलाई हत्या गर्ने व्यक्ति पत्ता नलाग्दा उनी राजनीतिक दलका नेतादेखि रुष्ट भएका थिए ।
दयनीय आर्थिक अवस्थाका रेग्मीको सम्पतिका नाममा घर र एक कट्ठा घडेरी छ। अर्काको जग्गा अधिया गरेर जिविर्कोपाजन गर्दै आएका उनले संविधान सभा निर्वाचनमा भने एकीकृत माओवादीले परिवर्तन गर्छ कि भनेर उसैको पक्षमा मतदान गरेको बताए। ‘संविधान सभा निर्वाचनपछि जहिलेपनि नेताहरुले देश बिगारे भन्दै हिडनु हुन्थ्यो, उहाँले यस्तो गरेकोमा सपना जस्तै लागेको छ,’ भरौलका गणेश निरौलाले भने, ‘उहाँले त आफ्नै छोराछोरीलाई पनि एक झापड हान्नु भएको थिएन होला?’
उनले खनाललाई झापड हानेपछि ७७ बर्षीया आमा तिलकुमारी रेग्मी, श्रीमतीसहित दुईजना बुहारी भने चिन्तामा डुवेका छन्। ‘आजसम्म देवी दाईले गाउँमा कसैको केही बिगार गर्नुभएको थिइन् तर अचानक यस्तो घटना घटाएपछि परिवारका सदस्यमा अब के होला? भनेर चिन्ता बढेको छ,’ स्थानीय राजु वस्नेतले भने। उनका अनुसार रेग्मीको दैनिकी बिहान जंगलबाट बस्तुलाई घास काटेर ल्याउने र दिउँसो गोठालो जाने रहेपनि संविधान सभा निर्वाचनअघिसम्म पार्टीका प्रायः सबैजसो कार्यक्रममा सहभागी हुनेगर्थे।
यसैबीच शुक्रबार रेग्मीसँग सञ्चारकर्मीलाई भेट्न दिइएन। सुनसरी प्रहरी प्रमुख भुपालकुमार भण्डारी समक्ष पटक-पटक आग्रह गर्दा पनि अनुसन्धान नगरी भेट्न नमिल्ने प्रतिक्रिया दिए। उनलाई म्याद थप्न जिल्ला प्रसासन कार्यालय लाँदा पनि तस्बिर खिच्न प्रहरीले अवरोध गरेको थियो। सो क्रममा सञ्चारकर्मीलाई रेग्मी आफैले आफूलाई ठीकै भएको जवाफ दिएका थिए।
जुलुस प्रदर्शनका क्रममा प्रहरीले शान्ति-सुरक्षा दिन नसकेको भन्दै प्रहरी बिरुद्ध पनि नाराबाजी गरिएको थियो। जुलुस इटहरी बजारका विभिन्न भाग परिक्रमा गरी प्रहरी कार्यालय परिसरमा कोणसभामा परिणत भएको थियो। जुलुस प्रदर्शनका क्रममा इटहरीको चौरास्त चोकमा आधा घण्टासम्म चक्काजाम गरिएको थियो। शुक्रबार साँझ नै प्रजातन्त्रिक राष्ट्रिय युवा संघले पनि रेग्मीलाई चाडो कारबाही हुनुपर्ने माग राख्दै राँके जुलुस प्रदर्शन गर्र्यो।



