नगरकमिटीले नेपाल सरकारकै तहबाट उच्चस्तरीय छानबिन आयोग अविलम्ब गठन हुनुपर्ने माग गरेको छ। ‘देशको मुल राजनेतामाथि झापड हानेको घटना सामान्य होइन्। रातरात रेग्मीलाई जिल्ला प्रहरी कार्यालय पुर्यायो’, इटहरी नगर अध्यक्ष यामकुमार सुब्बाले भने, ‘प्रहरीको काम गराइबाट केही कमजोरी छ भन्ने लागेको छ।’
पत्रकार सम्मेलनमा नगरकमिटीले एमालेका पूर्व कार्यकर्ता भनेर सञ्चारमाध्यामले पटक-पटक प्रकासन/प्रसारण गरेकोमा आपत्ति भएको जनायो। ‘कार्यक्रमको मुल उपलब्धी र औचित्यलाई ओझेलमा पारेर सञ्चारमाध्यामले झापड हानेको कुरालाई प्राथमिकता दिएका छन’, एमाले जिल्ला कमिटी सदस्य एवं प्रचारविभाग प्रमुख लक्ष्मी गौतमले भनिन्। उनले पार्टीमा प्रवेश गरेका कार्यकर्ताबारे समाचर प्रकाशन/प्रसारण नभएकोमा पनि आपत्ति जनाइन्।



