तलब नपाएको भन्दै कञ्चनपुरका शिक्षकहरूले शैक्षिक संस्था बन्दको आह्वान

कञ्चनपुर – तलब नपाएको भन्दै कञ्चनपुरका शिक्षकहरूले शैक्षिक संस्था बन्दको आह्वान गरेका छन् ।  गत कात्तिकदेखि हालसम्म तलब नपाएको जनाउँदै अखिल नेपाल शिक्षक सङ्गठन र नेपाल शैक्षिक गणतान्त्रिक मञ्चले शैक्षिक हडतालको आह्वान गरेका हुन् ।

शिक्षक सङ्गठनको शैक्षिक हडतालका कारण यहाँका सम्पूर्ण सरकारी र सामुदायिक विद्यालय हिजोदेखि बन्द भएका छन् ।तलब निकासीका लागि शिक्षा कार्यालयलाई बारम्बार जानकारी गराउँदासमेत बेवास्ता भएपछि बाध्य भएर सङ्घर्षमा उत्रिनु परेको अखिल नेपाल शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष विक्रम चौधरीले बताए । तत्काल तलब उपलब्ध नगराइए कडा सङ्घर्षका कार्यक्रम ल्याउन बाध्य हुने उहाँले राससलाई जानकारी दिए । रासस