काठमाडौ – प्राप्त समाचार अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व आफ्नो दलले गर्ने वातावरण बन्दै गएको बताएका छन् । शिविरमा रहेका माओवादी सेनाका लाडाकु विशेष समिति मातहतमा आएपछि कांग्रेस र एमालेको चिन्ता हटेकाले माओवादी नेतृत्वमा सरकार बन्ने सम्भावना बढेको अध्यक्ष दाहालको बताए ।
आइतबार हेटौडामा आयोजित पत्रकार सम्मेलनमा बाल्दै दाहालले लोकतान्त्रीक विधि अनुसार छिट्टै नै माओवादीको नेतृत्वमा सहमतिको सरकार बन्ने विश्वास व्यक्त गरे । उनले शान्ति प्रक्रिया टुंगोमा पुर्याउने र संविधान निर्माण गर्ने काम माओवादीको नेतृत्वमा मात्र सम्भव हुने दावी गरे । माओवादी सेना विशेष समितिको मातहतमा सुम्पन्नु आफ्नो दलको शान्ति र संविधान निर्माण प्रतिको व्यवहारिक प्रतिवद्धता भएको दाहालले उल्लेख गरे ।
आगामी जेठ १४ गतेसम्म संविधान बन्ने विश्वास दिलाउदै अध्यक्ष दाहालले भने,



