काठमाडौ – नेपाली संचारमाध्यमहरुमा जनाइए अनुसार माओवादी स्थायी समिति सदस्य तथा सैन्य विभाग प्रमुख वर्षामान पुनले सातहजार सम्मको संख्यामा लडाकु समायोजन हुने सर्तमा दलहरुबीच सहमति बन्न सक्ने बताएका छन् । दलहरुबीच समायोजन हुने लडाकुको संख्या विषयमा लामो समयदेखि विवाद रहँदै आएको अवस्थामा पुनको यस्तो भनाई सार्वजनिक भएको हो ।
सोमबार रिपोर्टर्स क्लवमा आयोजित एक साक्षात्कारमा बोल्दै पुनले माओवादी संख्यामा अड्किएर बस्ने पक्षमा नरहेको बताए । उनले सेना समायोजन प्रक्रियामा जाँदा त्यो भन्दा कम संख्यामात्रै पनि समायोजन हुन सक्ने भन्दै पहिलो स्वेच्छिक अवकास र पुर्नस्थापनामा जानेको प्रक्रिया सुरु गर्नु पर्ने बताए ।
पुनले अहिले नै यति संख्यामा समायोजन हुनुपर्छ भनेर माओवादी समायोजनलाई अल्मल्याउने पक्षमा नरहेको स्पष्ट पारे । उनले भने,



