जनतान्त्रिक राजन मुक्ति समूहका केन्द्रीय महासचिवको प्रहरी कार्वाहीमा मृत्यु

काठमाडौ – समाचारहरुमा जनाइए अनुसार जनतान्त्रिक राजन मुक्ति समूहका केन्द्रीय महासचिव उज्वल भनिने दीपेन्द्र झाको प्रहरी कार्वाहीमा मृत्यु भएको छ।


आज बिहान जनकपुर नगरपालिका-१६ स्थित कपिलेश्वरदेखि मोइल जाने बाटोमा गस्तीमा रहेको प्रहरीसँगको भीडन्तमा झाको मृत्यु भएको धनुषा प्रहरी जानकारी दिएको छ। प्रहरीले झाको साथबाट एक थान पेस्तोल र दस राउन्ड गोली समेत बरामद गरेको छ।


२२ वर्षीय झा महोत्तरी बनौली-५ का बासिन्दा हुन। झा रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरका पूर्व स्ववियु सभापति हुन।