झलनाथ खनालद्वारा नेतृत्व फेरि एमालेले गर्न सक्ने विश्वास व्यक्त

काठमाडौ – नेपाली संचारमाध्यमहरुमा उल्लेख भए अनुसार एमाले अध्यक्ष झलनाथ खनालले मुलुकको नेतृत्व फेरि एमालेले गर्न सक्ने बताएका छन् । उनले भावी सरकारको नेतृत्व एमालेले नै पाउने सम्भावना रहेको बताए ।

पार्टीको जिल्ला अधिवेशन उदघाटन गर्न नुवाकोट पुगका खनालले शुक्रबार संचारकर्मीसंग कुरा गर्दै यही माघ २० गते मुलुकले नयाँ प्रधानमन्त्री पाउने विश्वास व्यक्त गरे । प्रधानमन्त्रीको उम्मेदवारीबारे पार्टीको केन्द्रीय कमिटीले केही दिन भित्रै निर्णय लिने उनको भनाई थियो । दलहरुबीच सहमति कायम भए तोकिएको समय भित्र संविधान बन्ने उनको दावी थियो ।