पुनर्गठित माओवादी मातृका यादवद्वारा आफ्नो दल मानसिक रुपमा हतियार उठाउन तयारी गरिरहेको उल्लेख

बारा   – प्राप्त समाचार अनुसार पुनर्गठित माओवादीका अध्यक्ष मातृका यादवले आफ्नो दल मानसिक रुपमा हतियार उठाउन तयारी गरिरहेको बताएका छन ।

शनिबार कलैयामा आयोजित पत्रकार भेटघाटमा कुरा गर्दै यादवले दलले जनक्रान्ति र जनसंविधानको लागि यस्तो मानसिकता बनाएको बताए । उनले जनसंविधान नबनेसम्म नेपाली जनताले मुक्ति नपाउने समेत उल्लेख गरे ।

आफ्नो दलले नयाँ जनवादी क्रान्तिको लागि फागुन  १ गतेदेखि एक महिने जनजागरण अभियान समेत  देशभर थाल्ने यादवले बताए । 

देश लुट्ने तथा विदेशी दलाली गर्नेको कब्जामा संविधानसभा रहेको यादवको भनाई थियो । राजतन्त्रको अन्त्य भए पनि सामन्तवादको अन्त्य नभएको बताउँदै यादवले  देश अग्रगमनतिर नलागेको बताए ।