आज लुम्बिनी प्रदेशसभाको चौंथो अधिवेसन बस्दै, मुख्यमन्त्रीले विश्वासको मत लिने

 

spot_img

दाङ- लुम्बिनी प्रदेशसभाको चौंथो अधिवेशनको पहिलो बैठक बिहीबार बस्दैछ। प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम लुम्बिनी प्रदेशसभाको चौंथो अधिवेशनको पहिलो बैठक आह्वान गरेका हुन्।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चौधरी नियुक्त, सपथ भोलि | Nagarik News

आज अपरान्ह ४ बजे बस्ने बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिने तयारी छ।

चैत २ गते तेस्रो अधिवेशन अन्त्य गरिएको थियो। सरकारमा सहभागी दल नेकपा माओवादीले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो।

गत वैशाख १४ गते आठ राजनीतिक दल र एक स्वतन्त्रगरी ५३ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा चौधरी नियुक्त भएका थिए। तर, राजनीतिमा आएको फेरवदलका कारण उनले फेरि विश्वासको मत लिने स्थिति बनेको छ।

८७ सदस्यीय प्रदेशसभामा राप्रपाका एक जना सांसद निलम्बनमा परेपछि ८६ सदस्य कायम छ।

बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ। कांग्रेस २७, नागरिक उन्मुक्ति पार्टीका ४, राप्रपा ३, लोसपा ३, जनमत ३, जनमोर्चा का १ जना प्रदेशसभा सदस्य छन्। एमालेका २९ माओवादी सभामुख बाहेक १०, जसपा ३ र एकीकृत समाजवादी एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन्।