भ्रष्टाचार आरोपमा नेपाल वायु सेवा निगमका कामु नायब महाप्रबन्धक र निर्देशकलाई विशेष अदालतद्वारा पाँच पाँच लाख धरौटीमा रिहा

काठमाडौं –  काठमाडौंबाट प्राप्त समाचार अनुसार भ्रष्टाचार आरोपमा नेपाल वायु सेवा निगमका कामु नायब महाप्रबन्धक गणेश ठाकुर र निर्देशक ज्ञानेन्द्रपुरुष ढकाललाई विशेष अदालतले पाँच पाँच लाख धरौटीमा छोडेको छ।

 

विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेले मंगलबार ठाकुर र ढकाललाई पाँचलाख धरौटीमा छोड्ने आदेश दिएको हो। निगमको कार्यकारी अध्यक्ष रही सञ्चालक समितिको निर्णय बिना नै जहाज खरिद गर्ने निर्णय गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कंसाकारसहित ६ जनालाई भ्रष्टचारको मुद्दा विशेष अदालतमा दायर गरेको थियो।

 

६ जनामध्य कंसाकार र कामु उपनिर्देशक केशवराज शर्मा अदालतमा आफू दोषी नभएको बयान दिन विशेष अदालतमा उपस्थित हुन बाकिँ छ।