विश्व क्यान्सर दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौ – विश्व क्यान्सर दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठनको आव्हानमा हरेक वर्षको फेव्रुअरी ४ अर्थात आजको दिनलाई विश्व क्यान्सर दिवसको रुपमा मनाईदै आइएको छ ।


सङ्गठनले सन् २००५ देखि १५ सम्ममा विश्वमा ८ करोड ४० लाखको क्यान्सरका कारण मृत्यु हुने चेतावनी दिएको छ । नेपालमा पनि ५० देखि ६० प्रतिशत मानिसमा क्यान्सर देखिएको पाइएको छ । नेपालमा महिलामा स्तन र पाठेघरको तथा पुरुषमा छाला, फोक्सो र आन्द्राको क्यान्सर बढि हुने गरेको छ ।


१०० देशका विभिन्न संघसंस्था सहभागि रहेको क्यानसर विरुद्धको अन्तर्राष्ट्रिय युनियनले व्यवहारका कारण ४० प्रतिशत क्यान्सरको संक्रमण रोक्न सकिने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । हालसम्मपनि खास कारण पत्ता लाग्न नसकेको क्यानसरको उपचार तथा रोकथाम पनि महङ्ंगो हुने गरेको यो रोग प्रभावितहरुको भनाइ छ ।