काठमाडौ – समाचार जनाईए अनुसार संयुक्त राष्ट्र संघका महासचिव वान की मुनले लामो समयपछि नेपालले प्रधानमन्त्री पाएकोमा खुशी व्यक्त गरेका छन् । नवनिर्वाचित प्रधानमन्त्री झलनाथ खनाललाई बधाई तथा शुभकामना सन्देश पठाउँदै वानले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियालाई टुङ्गोमा पुर्याउन राष्ट्रसंघले आफ्नो सहयोग जारी राख्ने बताएका छन् ।
वानद्वारा जारी विज्ञप्तीमा लामो गतिरोधपछि संविधानसभा मार्फत नयाँ सरकार गठन गर्न सफल भएकोमा नेपालका राजनीतिक दल र नेताहरुको प्रशंसा गरिएको छ । विस्तृत शान्ति सम्झौताका प्रतिवद्धता,सेना समायोजन, पुनःस्थापना, सेनाको लोकतान्त्रिकिरण लगायतका काम गर्न नयाँ सरकार सक्षम हुने वानले विश्वास व्यक्त गरेका छ । उनले निर्धारित लक्ष्य प्राप्तिका लागि दलहरुलाई सहमतिका साथ अघि बढ्न आग्रह गरेका छन् ।



