मन्त्रालय बाँडफाँड तथा न्युनतम साझा कार्यक्रम तय गर्न माओवादी र एमालेले ८ सदस्यीय संयुक्त कार्यदल गठन

काठमाडौं – संचार माध्यमहरुले जनाए अनुसार मन्त्रालय बाँडफाँड तथा न्युनतम साझा कार्यक्रम तय गर्न माओवादी र एमालेले ८ सदस्यीय संयुक्त कार्यदल गठन गरेका छन्। नवनिर्वाचित प्रधानमन्त्री झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच शनिबार साँझ भएको बैठकले कार्यदल गठन गरेको हो।

कार्यदलमा माओवादीका नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी, देव गुरुङ र दीननाथ शर्मा सभागी छन् भने एमालेबाट भरतमोहन अधिकारी, बामदेव गौतम, इश्वर पोखरेल र विष्णु पौडेल छन्।


माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठका अनुसार कार्यदलले तयार पारेको मन्त्रालय बाँडफाँडको खाकालाई भोलि बस्ने पार्टीको स्थायी समितिले अनुमोदन गर्नेछ। माओवादी-एमालेबीच अध्यादेश विस्थापित गर्दै नयाँ बजेट ल्याउन अर्थविदहरुको कार्यदल बनाउने सहमति पनि भएको छ।