कञ्चनपुरको सीमा जोडिएको भारतीय उत्तराञ्चलमा घाँटीमा डोरीले कसेर हत्या गरिएका दुई नेपालीको शव फेला


 

कञ्चनपुर । संचारमाध्यमहरुमा जनाइए अनुसार पत्रकार कञ्चनपुरको सीमा जोडिएको भारतको उत्तराञ्चलको उद्यमसिनगरमा हत्या गरी गहुँखेतमा फालिएका दुई शव नेपाली नागरिकको हुनसक्ने भारतीय प्रहरीले आशङ्का गरेको छ ।


भारतीय उक्त क्षेत्रको रेल्वेस्टेसन नजिकको हनुमान गढीमार्गको रेलपट्टी नजिकको गहुँखेतमा शुक्रबार उक्त शव फेला परेको विभिन्न भारतीय सञ्चार माध्यमले जनाएका छन् ।


भारतीय सञ्चार माध्यमका अनुसार अन्दाजी ३५ र ५५ वर्षको देखिने दुवै शवको घाँटीमा डोरीले कसेर हत्या गरिएको छ ।


भारतीय वरिष्ठ प्रहरी अधिरक्षक अभय रौतेलाले भारतीय सञ्चार माध्यमलाई दुवै शव नेपालीको भएको र हालसम्म सनाखत हुन नसकेको बताएका छन् ।


जिल्ला प्रहरी कार्याल्य कञ्चनपुरले यसबारे अनभिज्ञता प्रकट गरेको छ ।


यसैबीच कञ्चनपुरको परासन-५ की २६ वर्षीय सावित्री सुनार मृत अवस्थामा फेला परेकी छिन् । दुई दिनअघि नेपाल-भारत सीमा नजिक उनी मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले जनाएको छ ।