जनयुद्धको उद्देश्य पूरा नभएको माओवादी मोहन बैद्यको भनाई

काठमाडौ – काठमाडौंबाट प्राप्त समाचार अनुसार माओवादी उपाध्यक्ष मोहन बैद्यले जनयुद्धको उद्देश्य पूरा नभएको बताएका छन् ।

आइतबार भृकुटी मण्डपमा माओवादी जनयुद्धको १६ औं वर्षगाँठको अवसरमा आयोजना गरिएको जलपान कार्यक्रममा बोल्दै बैद्यले जनयुद्धको उदैश्य पूरा गर्न अगाडि बढ्ने बताए । उपाध्यक्ष वैद्यले सम्मानजनक ढंगले सेना समायोजन भए सरकारमा सामेल हुन सक्ने बताउँदै भने, ‘सम्मानजनक सेना समायोजन भए कुरो मिल्छ ।

शान्ति र संविधान निर्माणका लागि माओवादीले सातबुँदे सहमति गरेको बताउँदै बैद्यले भने, ‘हामी यथास्थितिवादी संविधान चाहदैनौं ।’