एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले बाँकी साढे तीन महिनामा विधान लेख्न नभ्याए दुई महिना म्याद थप्न सकिने बताएका छन्। उनले त्यो अवधिमा पनि संविधान बनाउन अरू दल तत्पर नभए माओवादीले ‘भीषण जनविद्रोह’ गर्ने चेतावनी दिए। ‘जनयुद्व’को सोह्रौँ वर्षगाँठ अवसरमा माओवादी उद्गमस्थल मानिने रोल्पाको थवाङमा आयोजित कार्यक्रममा दाहालले भने, ‘पोहोर जनताको दबाबले संविधानसभाको म्याद थपिएको हो। जेठ १४ भित्र संविधान बनाउन नभ्याए दुई महिना ग्रेस दिन जनता अझै तयार छन्।’
जनइच्छा कदर गर्दैे म्याद थपिए पनि अरू दलका कारण नौ महिना खेर गएको बताउँदै उनले अब पनि संविधान नबने जनविद्रोहको विकल्प नभएकाले त्यसको तयारिका लागि रोल्पा आएको बताए। ‘अब पनि जनताको संविधान लेख्न दिइएन भने हामी बाध्य भएर अन्तिम विद्रोहमा जानुपर्ने भएकाले तयारीमा लागेका छौं,’ उनले भने, ‘संसार जित्ने गरी अन्तिम विद्रोह गर्छौं।’
विद्रोहका लागि जनताको तागत चाहिने भएकाले त्यसका लागि थवाङ् आएको उल्लेख गर्दा उनले माओवादीको उत्थानमा रोल्पाको योगदानको प्रशंसामा निकै शब्द खर्चिएका थिए। ‘नेतालाई जनताको तागत चाहिएको छ, त्यही तागत लिएर जान काठमाडौंबाट आएका हौँ,’ उनले थपे।’जाली, फटाहालाई गाउँबाट लखेट्न’ सफल भएको बताउँदै उनले अहिले तिनीहरू काठमाडौंमा जम्मा भएकाले तिनलाई त्यहाँबाट पनि लखेट्न नयाँ तागत संग्रह आवश्यक भएको जनाए।
‘काठमाडौं पुगेका जाली, फटाहा, दलाल र विदेशीसँग लड्न नयाँ तागत चाहिएको छ,’ उनले भने, ‘म थवाङ आएको खबरले नै जालीफटाहा आतंकित भएका छन्।’
रोल्पाबाट राजधानी पुगे पनि आफूहरू अरू पार्टीको नेताजस्तो नबिग्रेको दाबी दाहालले गरे। ‘हामीले क्रान्तिमा होमिएका गाउँका जनता भुलेका छैनांै,’ उनले भने, ‘हामी अरू पार्टीजस्तो जनता झुक्याउँदैनांै।’सातबुँदे सम्झौताबाट एमाले नेतृत्व पछि हटेकोमा रोष व्यक्त गर्दै उनले एमालेमा पूर्व सहमति पालना गर्ने शक्ति छ/छैन, दुई/चार दिनमै थाहा हुने टिप्पणी गरे, ‘सरकारको हात खुट्टा हाड मासुको छ कि परालले बनेको छ, अब हेर्नु छ।’
त्यसअघिका वक्ता पार्टी स्थायी समिति सदस्य नेत्रविक्रम चन्दले आकाशमा हेलिकोप्टर देख्नेबित्तिकै लुक्नुपर्ने ‘जनयुद्वकाल’ स्मरण गरे। ‘हेलिकोप्टर देख्दा लुकिन्थ्यो, यहाँका जनताको सहयोगले हामी आज हेलिकोप्टर चढेर थवाङ आउने भएका छांै,’ उनले भने, ‘शक्तिको आवाश्यकता परे हामी जहिले पनि यही भूमिमा आउनेछौं।’
अबको विद्रोहमा सरकारी सुरक्षाकर्मीले नै जाली, फटाहा र विदेशी दलाललाई गोली हान्ने ठोकुवा गर्दै उनले



