संयुक्त राष्ट्रसंघ महासभाको अध्यक्ष पदमा नेपालको उम्मेदवारी खतरामा पर्ने सकेंत/फिर्ता लिनका लागि दवाव

कुलचन्द्र गौतम ६६ औं महाशभाका लागि नेपालका तर्फबाट अध्यक्ष पदका उम्मेदवार हुन्। उनको जस्तो दक्षता भएको व्यक्ति महाशभामा निर्वाचित भएमा नेपाल र संसारका लागि फाइदाजनक हुनेछ। उनको उम्मेदवारीलाई समर्थन जुटाउन गरिएको विशिष्ट कुटनीतिक पहलद्वारा नेपाली कुटनीतिज्ञहरूले यस्तो अवस्था सृजना गरेका छन् कि गोप्य मतदान भएको खण्डमा नेपालले ६०-४० को अन्तरले विजय हासिल गर्नेछ। यसै सम्भावनालाई मध्यनजर गर्दै कतारले नेपालको उम्मेदवारी फिर्ता गराउने उद्देश्यले काठमाडौंमा आफ्नो विशेष दूत पठाएको छ। हामीले हाम्रो उम्मेदवारी किन फिर्ता गर्ने? यदि फिर्ता गरेमा यो नेपालीहरूको इच्छा र हित विपरीत हुनेछ।