नेपालले राष्ट्रसंघीय महासभा अध्यक्षको उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेको छ । उम्मेदवारी फिर्ताका लागि नेपाललाई मनाउन काठमाडौं आएका कतारका प्रधानमन्त्रीका विशेष दुत एवं उपविदेशमन्त्री खालिद विन मोहमम्द अल अतियाहसँगको भेटमा प्रधानमन्त्री झलनाथ खनालले उम्मेदवारी फिर्ता लिन अस्वीकार गर्नु भएको हो ।
राष्ट्रसंघीय महासभाको अध्यक्षमा नेपाल र कतारले उम्मेदवारीको घोषणा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबारसाँझ भएको भेटमा प्रधानमन्त्री र खालिदले राष्ट्रसंघीय महासभा अध्यक्षमा आफ्नो उम्मेदवारलाई सघाउन आग्रह गरेको प्रधानमन्त्रीका विदेशमामिला सल्लाहकार मिलन तुलाधरले जानकारी दिनुभयो ।



