काठमाडौं – संचारमाध्यमहरुमा जनाइए अनुसार कन्सुलर मामिलासम्बन्धी अमेरिकी सहायक मन्त्री ज्यानिस जेकब्स दुई दिने भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका छन्। भ्रमण मुख्य गरी अन्तरदेशीय धर्मसन्तान ग्रहणको विषयमा केन्द्रित रहनेछ।
उनले परराष्ट्र मन्त्रालय र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका पदाधिकारीहरूसँग भेटी अन्तरदेशीय धर्मसन्तान ग्रहण प्रक्रियाका सम्बन्धमा अमेरिकी सरकारका चासोका विषयहरू बारे छलफल गर्ने अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।