सात बुँदे सहमतिले बाम ध्रुविकरणको दिशातर्फ उन्मुख हुनसक्ने बताउदै खारेज हुनुपर्ने दलहरुको माग

काठमाडौं – प्राप्त समाचार अनुसार  झलनाथ खनाल नेतृत्वको सरकारमा नजाने निर्णय लिएका राजनीतिक दलका शिर्ष नेताहरुले सात बुँदे सहमतिले बाम ध्रुविकरणको दिशातर्फ उन्मुख हुनसक्ने बताउदै त्यसो भएमा मुलुकमा मुढभेठ निम्तिन सक्ने बताएका छन् ।

सहमतीमा उत्पन्न अन्यौल हटाउन खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालले सयुक्त प्रष्टीकरण सार्वजनिक गरेपनि ‘मुल मर्म र भावना प्रति प्रतिबद्ध’ रहने भनी व्यक्त अभिव्यक्तीले आशंका कायम रहेको बताउदै त्यसको खारेजीनै हुनुपर्ने माग राखेका हुन ।

सम्भावित बाम ध्रुविकरणलाई रोक्न बृहत प्रजातान्त्रिक मोर्चा निर्माण गर्नुपर्ने धारणा समेत उनीहरुले राखेका छन । यसअघि कांग्रेस संसदीय दलमा १४ दलको बैठक समेत आयोजना गरी लोकतान्त्रिक गठबन्धनको प्रयास भएको थियो ।

 कांग्रेस सभापति सुशिल कोइरालाले दुई दलका नेता बीच भएको सहमतिले प्रजातन्त्रवादी शक्तिहरुमा चिन्तित तुल्याएको बताए । ‘सात बूदे सहमती शान्ति संझौता र अन्तरिम संविधान विरुद्ध छ । यसले हामी सवै प्रजातन्त्रवादीहरुलई गंभिर बनाएको छ’ शान्ति र लोकतन्त्रका लागि साझा अभियान नेपालद्वारा बुधबार आयोजित शान्ति र लोकतान्त्रिक संविधान आजको आवश्यकता र राजनीतिक दलहरुको दृष्टिकोण विषयक कार्यक्रममा कोइरालाले भने-”प्रजातन्त्रलाई हरण गर्ने काम हामीले कुनै हालतमा गर्न दिने छैनौ ।’

 राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले सात बुादे सहमति संविधान निर्माणका लागि प्रत्युत्पादक, आपत्तिजनक र रकमी दस्ताबेज रहेको बताए । उनले कांग्रेस नेतृत्वमा बृहत प्रजातान्त्रिक शक्तिहरु गोलबन्द हुनुपर्नेमा पनि जोड दिए । 

  मधेसी जनअधिकार फोरम (प्रजातान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले माओवादी र एमालेले सरकारको नेतृत्व लिने क्रममा वामपन्थी धु्रवीकरणको प्रयास थालेको बताउदै त्यस्तो भएमा मुलुक मुठभेडमा जाने बताए । उनले  लोकतन्त्रको मूल्य र मान्यता संग कुनै किसिमको सम्झौता नगर्ने र घुँडा नटेक्ने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले बाँकी रहेको समयावधिभित्र संविधान लेखनको जिम्मेवारी पूरा गर्न  संविधानका आधारभूत विषयमा दलहरुबीच सहमति कायम गरेर जानुपर्ने बताए ।

 तराई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरले माओवादी  लोकतान्त्रिक मूल्यमान्यता विपरीत रहेको बताए । लोकतान्त्रिक मुल्य मान्यता बचाउनका लागि पनि प्रजातन्त्रबादी शक्तिहरु एक ठाउमा आउनु पर्ने उनले बताए ।