अमेरिकी विकास नियोग युएसएडद्वारा हालसम्म विकास सहयोगका लागि नेपालमा एक अरब डलरभन्दा बढी रकम प्रदान

काठमाडौं – अमेरिकी विकास नियोग (युएसएड) ले हालसम्म विकास सहयोगका लागि नेपालमा एक अरब डलरभन्दा बढी रकम प्रदान गरिसकेको जनाएको छ। ६० वर्षमा भएको यो सहयोगबाट धेरै सफलता हासिल भए पनि त्यो सफलता सम्भावित सफलताको दाँजोमा आंशिकमात्र भएको पनि उसले बताएको छ।

 

उसले नेपाल सरकारसँग सहकार्य गर्दै युएसएडले सन् १९५० को दशकका शुरुका वर्षहरूमा आधुनिक अर्थतन्त्रका जगहरूको निर्माणदेखि सन् २००० को दशकमा शान्ति, लोकतन्त्र र समृद्धिको सहजीकरण गर्ने कार्यमा सहयोग प्रदान गरी नेपालका उल्लेखनीय विकासका सफलताहरूमा योगदान पुर्‍याएको पनि बताएको छ।

नेपाल कला परिषद्‍मा फोटो प्रदर्शनी र चियापान कार्यक्रम आयोजना गरी नेपालमा आफ्नो ६० वर्ष लामो इतिहासको समारोह उत्सव मनायो। कार्यक्रममा अमेरिकी राजदूत स्कट एच्. डिलिसि, युएसएड मिसन डाइरेक्टर डा. केभिन ए. रशिङ्ग, र अर्थ सचिव रामेश्वरप्रसाद खनालको उपस्थिति थियो। फोटो प्रदर्शनी फागुन ६ देखि १० गतेसम्म जारी रहनेछ र सर्वसाधारणका लागि खुला गरिएको छ।

२००७ माघ १० गते एक सहयोग सम्झौता हस्ताक्षर भएपश्चात् संयुक्त राज्य अमेरिका र नेपालबीच सम्बन्ध स्थापना भएको हो। नेपालको पहिलो र विकास कार्यमा लामो समयदेखि निरन्तर प्रतिबद्ध साझेदारका रूपमा युएसएडले हालसम्म सहयोग गरिररहेको उसले जनाएको हो। नेपाल सरकारसँगको साझेदारीमा युएसएडले पारेका प्रभावका उदाहरणमध्ये केही निम्नलिखित भएको पनि उसले जनाएको छ।



–         सन् १९५० को दशकमा तराईमा मलेरियाको व्यापकतालाई उल्लेख्य रूपमा कमी गर्न सहयोग

–         सन् १९५० को दशकमा काठमाडौंको पहिलो आधुनिक टेलिफोन एक्सचेन्जको निर्माण

–         सन् १९६० को दशकमा पहिलो पटक देशभरि १०४ वटा सरकारी स्वास्थ्य चौकीको स्थापना

–         सन् १९६० को दशकमा नेपालको पहिलो र सबैभन्दा ठूलो बालाजु औद्योगिक क्षेत्रको स्थापना

–        सन् १९७० को दशकमा प्राथमिक विद्यालय भर्ना दोब्बरले बृद्धि

–        सन् १९७० को दशकमा पश्चिम पहाडी सडकको निर्माणद्वारा खाद्यान्न अभावग्रस्त पहाडी क्षेत्र र कृषिको भण्डार तराई बीच सडक सम्बन्ध स्थापना

–         सन् १९८० को दशकमा ‘महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका’ कार्यक्रम शुरू गर्न महत्वपूर्ण भूमिका निर्वाह गरी हालसम्म करिब ५०,००० स्वास्थ्य स्वयंसेवीकामा तयार

–        सन् १९९० को दशकदेखि मुलुकभरिका १,३०० भन्दा बढी सामुदायिक वन उपभोक्ता समूहहरूद्वारा १७०,००० हेक्टर भन्दा बढी जमीनको नयाँ व्यवस्थापनमा सहजीकरण

–        सन् २००० को दशकमा २००,००० भन्दा बढी ग्रामीण घरपरिवारको आयमा कम्तीमा ५० प्रतिशतले बृद्धि गर्न सघाउ

–          सन् २००८ को संविधानसभाको चुनावको तयारीका क्रममा नेपालको ७५ वटै जिल्लामा रेडियो कार्यक्रम मार्फत मतदाता चेतना अभियान सञ्चालन

–        सन् १९९० को दशकको मध्यतिर भन्दा मातृ मृत्युदरमा ४० प्रतिशतले र बाल मृत्युदरमा करिब आधाले कम गराउन सहयोग

–         सन् २००८ देखि ७०,००० उपेक्षित र द्वन्द्वबाट प्रभावित युवाहरूलाई साक्षरता, व्यावसायिक र उद्यमशीलता तालिम प्रदान गर्न शुरू

युएसएड/नेपालका मिसन डाइरेक्टर डा. केभिन ए. रशिङ्गले त्यस अवसरमा  भने- हाम्रो यो ६० औं वार्षिकोत्सव अभियान एक उत्सवका साथसाथै समष्टिरूपमा विकासको महत्वबारे पनि हो। हामी हाम्रा विगतमा हासिल भएका उपलब्धिहरूको सम्मान गर्न चाहन्छौं तर हामी जुन दिशामा जाँदैछौं त्यसको लागि गति पनि स्थापना गर्न चाहन्छौं। आगामी वर्षहरूका लागि हाम्रा उद्देश्यहरू