अनुसन्धानका क्रममा ती कम्पनीमा झन्डै २ अर्ब रुपैयाँ बराबरका नक्कली बिल फेला परेको थियो । मंसिर ११ गते चारजना नक्कली बिल बिक्रेता पक्राउ परेपछि विभागले अनुसन्धान थालेको थियो । ‘पहिलो चरणमा हात हालिएका सबै कम्पनीको अनुसन्धान पूरा भएको छ,’ स्रोतले भन्यो । विभागले अहिले राजधानीका प्रख्यात डिपार्टमेन्टल स्टोरसहित थप १६ कम्पनीको अनुसन्धान गरिरहेको छ । यिनबाट मात्र थप १ अर्ब रुपैयाँ राजस्व असुली हुने अनुमान छ ।
कर कार्यालयले प्रारम्भिक कर निर्धारण गरेपछि करदाताले प्रतिवादका लागि पन्ध्र दिनको समय पाउ



