देशैभर मनसुनी वायु सक्रिय: आज ४ प्रदेशमा दिउँसो भारी वर्षाको सम्भावना

 

काठमाडौँ-हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव  रहेको छ। यतिबेला (बुधबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती, कोसी र गण्डकी प्रदेशका केहि स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदलीको अवथ रहनेछ। देशका बाँकी भूभागमा आंशिक देखि साधारणतया बदलीको अवस्था सहने छ।


दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भूभागमा आंशिक देखि साधारणतया बदली रहने छ।

कोसी, मधेस र बागमती प्रदेशका धेरै स्थान, गण्डकी र  लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा राति मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

२०८१ असार १३ गते बिहिबार

दिउँसोː देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

रातिः देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। कोसी, मधेस र बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोसी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

images

२०८१ असार १४ गते शुक्रबार

दिउँसोː देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। कोसी, मधेस, बागमती र लुम्बिनी  प्रदेशका केही स्थानहरूका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोसी, मधेस, बागमती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

images

रातिː देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। कोसी, मधेस र बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

images

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी,  कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

-एनपी