काठमाडौं – राजधानी काठमाडौंबाट प्रसारण हुने नेपाली टिभीहरुले समाचारमा जनाए अनुसार नेपाल बंगलादेश बैंक भैंसेपाटी शाखामा चिनियाँ नागरिक यु लिसिङ्गको नाममा जम्मा भएको दशलाख अमेरिकी डलर जफत गर्न समेत माग गर्दै राजश्व अनुसन्धान विभागले शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
उनको विरुद्ध दायर भएको अभियोगपत्रमा उक्त रकम के प्रयोजनको लागि आएको खुलाउन नसकेको साथै सम्पत्ति सुदिकरण गर्ने मनसायले बैकमा जम्मा भएको देखिएकोले प्रतिवादी यु लिसिङ्गलाई सम्पत्ति सुदिकरण ऐन, २०६४ को दफा ३, ४ (ख) र दफा २९ विपरित आर्य गरेको दावी छ ।
अभियोगपत्रमा उनलाई सोही ऐनको दफा ३० (१) क बमोजिम सजायँग दफा ३४ -ज्ञ) बमोजिम बैंकमा जम्मा भएको रम समेत माग गरेको छ ।
अभियोगपत्रमा अभियुक्त यु लिसिङ्ग फरार गरेको उल्लेख छ ।



