सर्बोच्च अदालतद्वारा आमाको नामबाट पनि बंशजको आधारमा नागरिकता दिनुपर्ने पक्षमा फैसला

सर्बोच्च अदालतले आमाको नामबाट पनि बंशजको आधारमा नागरिकता दिनुपर्ने पक्षमा फैसला सुनाएको छ। न्यायधीसहरु बलराम केसी र भरतराज उप्रेतीको संयुक्त इजलासले आज यस्तो फैसला गरेको हो।

 

अधिवक्ता मिरा ढुङ्गाना, सुष्मा गौतम र सीमा धामीले आमाको नामबाट पनि नागरिकता पाउनुपर्ने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

 

रिटमा अन्तरिम संविधानमा रहेको आमाको नामबाट पनि नागरिकता पाउनुपर्ने प्रावधान कार्यान्वय हुनुपर्ने माग गरिएको थियो। फैसलाले बाबुको पहिचान नखुलेका  कुमारी आमाबाट जन्मिएका सन्तानलाई पनि नागरिकता दिने बाटो खुलाएको छ।