मन्त्री बन्ने र बनाउने होडबाजीमा लुम्बिनी प्रदेसका सांसद नेताहरु

 

-सुर्य प्रसाद भुसाल।

साउन २ ,भालुवाङ- केन्द्रमा नया सरकार गठन भएपछि लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेकपा एमाले नेताहरु अाफ्नो सांसदहरू लाई मन्त्री बनाउनका लागि र बन्नका लागि आकाङ्क्षा सहित आफ्ना पार्टीका शिर्ष नेताहरु समक्ष लबिङका लागि काठमाडौँमा ब्यस्त भएका छन अहिले प्रदेस तहका धेरै सासदहरु नेताहरु काठमाडौं केन्द्रित छन ।

केन्द्रमा नेकपा एमाले र नेपाली कांग्रेस मिलेर गठबन्धन बनाएको भोलिपल्टै काठमाडौ नेता भेटन पुगेका नेपाली कांग्रेस संसदीय नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीकाठमाडौं बाट जिल्ला फर्केर फेरि अहिले दोस्रोपटक अाईतबार काठमाडौं पुगिसकेका छन । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुन अहिले काठमाडौँ पुगेर लुम्बिनी प्रदेसको मुख्यमन्त्री काङ्ग्रेसको पोल्टामा पार्न तिब्र लभिङमा लागेको उनी निकट नेताहरुले बताउछन ।

नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका नेता सांसद राजु खनाल काङ्ग्रेस युवा नेता सांसद रोज राणा काङ्ग्रेस सचेतक निमा गिरी, सांसद जमुना ढकाल, माया पुन, प्रचण्ड विक्रम न्यौपाने, राजु खनाल, देवी चौधरी, धनेन्द्र कार्की लगायत सांसद पनि मन्त्रीका लागि केन्द्रीय नेताहरु सग लबिङ गर्न काठमाडौँ पुगेका छन् ।

नेपाली कांग्रेसका सांसद रोज राणा सरकार फेरवदल केन्द्रमा भएपछि काठमाडौ पुगेका थिए उनी अहिले पनि लभिङमा छन काङ्ग्रेस लुम्बिनी प्रदेस सचेतक निमा गिरीले आफू काठमाडौँ आएको १ हप्ता भएको बताइन् । अझै ८/१० दिन ब्यक्तिगत काम पनि भएको ले काठमाडौँमै बस्ने उनले दाबि गरिन ।

गिरि निजी कामले काठमाडौँ आएको भन्दै उनले सत्ता फेरबदल भएकाले यस्तो बेला नेताहरू भेट्नु मन्त्रीमा इच्छा शक्ती भएको ब्यक्तिले राख्नु स्वाभाविक रहेको प्रतिक्रिया दिईन ।

लुम्बिनी सरकारमा ओवादीका मुख्यमन्त्री जोखबहादुर महरालाई दिएको समर्थन फिर्ता लिएपछि एमालेका अधिकाम्स उच्च तहका नेता सांसदहरु मन्त्रीका लागि दौडधुपमा लागि रहेको भएपनि कांग्रेसका सांसद जस्तो एमालेका सांसद धेरै काठमाडौं नपुगि फोनमा अाफुनिकट केन्द्रीय नेता मार्फत मन्त्रीका लागि लभिङ गरिरहेका छन ।

images

केन्द्रमा नेपाली काङ्ग्रेस नेकपा एमालेका शिर्ष नेताहरुको बिचमा भएको उच्चस्तरीय सहमति अनुसार लुम्बिनीमा एमालेले मुख्यमन्त्री पाउने निश्चित भए पनि एमाले भित्र देखिएको गुटका कारण अझै फेरवदल हुने प्रवल सम्भावना छ । केन्द्रको सहमति अनुसार एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री पाउनेमा विश्वस्त रहेपनि उनलाई रोकेर संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई  मुख्यमन्त्री बनाउनका लागि एमाले भित्र सक्तिशालि टिम लागेको कारण गिरिलाई पार्टि भित्रबाट पनि मुख्यमन्त्री बन्न त्यति सहज नहुने एक उच्च नेताले दाबि गरे ।

images

एमालेका नेता लीला गिरी भने अब अाफु संसदीय दल नेताका हैसियतमा मुख्यमन्त्री बन्ने निश्चित भएको बताउछन । लुम्बिनी प्रदेसका एमाले सांसदहरू भने मन्त्रीका लागि पार्टि उपाध्यक्ष बिष्णु पौडेल र महासचिव सङकर पोख्रेल मार्फत मन्त्रीका लागि पहल गरिरहेका छन ।

लुम्बिनी प्रदेशमा एमालेका प्रत्यक्ष १९ र समानुपातिक १० गरी २९ सांसद छन् । अहिले धेरै सांसदले एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसँग मन्त्रीका लागि पहल गर्न आग्रह गर्दै बिहान बेलुका मन्त्रीका लागि नेताहरुको घर दैलो पुग्ने गरेका छन ।

images

एमाले समसदिय दलका नेता लीला गिरीले दोस्रो प्रदेशसभा निर्वाचनपछि बनेको पहिलो सरकारको ३ महिना मुख्यमन्त्री बनेर सरकार को नेतृत्व गरेका थिए ।

त्यसपछि सरकार परिवर्तन भएपछि काङ्ग्रेस माअोबादिको सयुक्त सरकारमा कांग्रेस समसदिय दलका नेता डिल्लीबहादुर चौधरीले सरकारको नेतृत्व गरेका थिए ।

त्यतिबेला एमाले प्रमुख प्रतिपक्षको भूमिकामा थियोे भने माओवादी सत्ता साझेदार दल बनेको थियोे । सत्ता समीकरण परिवर्तनपछि माओवादीका जोखबहादुर महराको नेतृत्वमा सरकार गठन भएपछि । उक्त सरकारमा एमालेका ५ जना मन्त्री बनेका थिए ।

Nepal life insurance

अहिले एमालेबाट भए मुख्यमन्त्री नभए सक्तिशालि मन्त्रालय को मन्त्री बन्न चेतनारायण आचार्य, विष्णु पन्थी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ, खेम सारु, तुलसी प्रसाद चौधरी, बसन्ती न्यौपाने, जानकी न्यौपाने, सीता शर्मा रामजि घिमिरे लगायतका सांसदहरु दौड धुपमा छन् ।

८७ सिट रहेको लुम्बिनी प्रदेश सभामा कांग्रेस र एमालेको ५६ सिट छ । त्यस आधारमा मुख्यमन्त्री जोखबहादुर महराले एमाले, कांग्रेसको समर्थन विना बहुमत पुर्याउन सक्दैनन् ।

एमाले केन्द्रीय सदस्य पूर्वमन्त्री चेतनारायण अाचर्यले सरकार गठन हुँदा सांसदहरूले मन्त्रीका लागि पार्टीभित्र इच्छा जाहेर गर्दै नेताहरूसँग भेटघाट गर्नु स्वाभाविक रहेको र अाफुले पनि नेताहरु सग छलफल गरिरहे को बताए ।

लुम्बिनीमा मुख्यमन्त्री जोखबहादुर महाराले विश्वास मत लिने या राजीनामा गर्ने भन्ने अझै प्रस्ट भइसकेको छैन । यद्धपि माओवादी प्रमुख सचेतक इन्द्रजित थारुले विश्वासको मतका लागि संसद फेस गर्ने माअोबादिले तैयारी गरेको दाबि गरे ।

८७ सिट रहेको लुम्बिनी प्रदेश सभामा कांग्रेस र एमालेको ५६ सिट छ । त्यस आधारमा मुख्यमन्त्री महराले एमाले, कांग्रेसको समर्थन विना बहुमत पुर्याउन सक्दैनन् लुम्बिनी सरकार अहिले पनि अल्पमतमा छ ।

सरकार फेरबदल हुने भएपछि अहिले प्रदेसमा उच्च तहका कर्मचारीहरु बिदा बस्ने गरेका छन अहिले मन्त्रालयहरुमा सुनशान छ ।