सात बुँदे सहमती कार्यान्वयन नगरि गृहमन्त्रालय नदिईए आफ्नो पार्टी सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने माओवादी चेतावनी

एकीकृत नेकपा माओवादी नेता टोपबहादुर रायमाझीले सात बुँदे सहमती कार्यान्वयन नगरि गृहमन्त्रालय नदिईए आफ्नो पार्टी सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने चेतावनी दिनुभएको छ ।

 

रिपोर्टस्र क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझिले यस्तो कुरा बताउनुभएको हो । सात बुँदे सहमति अनुसार गृहमन्त्रालय नपाए आफ्नो पार्टी सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिनु हुँदै उहाँले अब यो भन्दा बढी त्याग माओवादीले गर्न नसक्ने बताउनुभयो । नेता रायमाझिले कि माओवादी सात बुँदे सहमति कार्यान्वयन भएर सरकारमा जाने कि समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने बताउनुभयो । उहाँले माओवादी विचमा पेण्डुलम भएर नबस्ने र पर्ख र हेरको स्थितिमा अब एक दुई दिन भन्दा बढी आफ्नो पार्टी नबस्ने बताउनुभयो ।

 

उहाँले सहमति कार्यान्वयन नभए माओवादीले एक दूई दिन भित्रमै अप्रिय निर्णय लिने बताउनुभयो । माओवादीको नेतृत्वमा राष्ट्रिय सहमति बन्न नसकेपछि शान्ति र संविधानको सुनिश्चितताको लागी त्याग गर्दै माओवादीले एमाले अध्यक्ष झलनाथ खनाललाई समर्थन गरेको दावी गर्नुभयो । शान्ति र संविधान नचाहनेले षडयन्त्र गरिरहेको दावी गर्दै नेता रायमाझीले आन्दोलनको नेतृत्व गरेर आँधी बेहरी सृजना गर्ने चेतावनी दिनुभयो ।