दिङ्लाबजार, भोजपुर – नेपाली संचारमाध्यमहरुबाट थाहा भए अनुसार भारतीय सहयोगमा निर्माण हुने अस्पताल शिलान्यास गर्न आएका भारतीय राजदूत राकेश सूदलाई माओवादी कार्यकर्ताले सोमबार कालो झण्डा देखाएका छन् । सूदलाई यसअघि पनि माओवादीले सोलुखुम्बुमा कालोझण्डा देखाउनुका साथै जुत्ता प्रहार गरेका थिए ।
समाचारमा उल्लेख गरे अनुसार सीमा अतिक्रमण बन्द गर, भारतीय हस्तक्षेप बन्द गरलगायतका नारा लगाउँदै माओवादीले दिङ्लाबजारमा राजदूतविरुद्ध नाराबाजी गरेका थिए । राजदूत सूद अस्पताल शिलान्यास गर्न हेलिकोप्टरमा आएका थिए ।
कालोझण्डा लेखाउने प्रदर्शनकारीलाई प्रहरीले पक्राउ नगरेको भोजपुरका प्रहरी नायव उपरीक्षक नरबहादुर केसीले जानकारी दिए ।



