नयाँ संविधान जारी भएपछि नेपालमा दुई सदनात्मक व्यवस्था हुने सहमति

संचारमाध्यमहरुले समाचारमा उल्लेख गरे अनुसार नयाँ संविधान लेखनका क्रममा देखिएका विवादित बिषय समाधान गर्न संवैधानिक समिति अन्तर्गत गठित उपसमितिले नयाँ संविधान जारी भएपछि नेपालमा दुई सदनात्मक व्यवस्था हुने सहमति जुटाएको छ ।

 

मंगलबार विहान सिंहदरबारमा बसेको उपसमितिको बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभा गरी केन्द्रमा दुई सदनात्मक व्यवस्था हुने सहमति गरेको हो । दुई सदनको नाम यसअघि रहेको जस्तै राज्यसभा र प्रतिनिधिसभा रहने छ । संविधान निर्माणको क्रममा दलहरुवीच रहेको विवाद समाधान गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा गठित उपसमिति गठन गरिएको थियो ।


बैठकपछि उपसमिति संयोजक माओवादी अध्यक्ष प्रचण्डले उपसमितिमा भएको छलफल र सहमति उत्साहजनक भएको पत्रकाहरुलाई प्रतिकृया दिनुभयो । उपसमिति सदस्य एवम् काङ्ग्रेस नेता रामचन्द्र पौडेलले केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक व्यवस्था नयाँ संविधानमा राख्ने सहमति भएको जानकारी दिनुभयो । यसअघि दलहरुबीच सदनको संख्या र नामबारे विवाद थियो ।