भारतीय नेताहरूले कृष्णप्रसाद भट्टराईद्वारा निधनप्रति गहिरो शोक व्यक्त गर्दै उनलाई एक महान् नेताका रूपमा चित्रण

late--Diamond-Shumsher-

 

नयाँदिल्ली  – भारतीय नेताहरूले कृष्णप्रसाद भट्टराईको निधनप्रति गहिरो शोक व्यक्त गर्दै उनलाई एक महान् नेताका रूपमा चित्रण गरेका छन् ।

सत्तारूढ भारतीय कंग्रेस -आई) का विदेश विभाग प्रमुख करण सिंहले भट्टराईलाई बुद्धिमत्तापूर्ण निर्णय लिन सक्ने नेताका रूपमा स्मरण गरे । करिब दुई दशकअघि भट्टराई राजनीतिमा सक्रिय हुँदा पटकपटक भेटेको सम्झना गर्दै सिंहले उनी विचार र व्यवहारमा अत्यन्तै परिपक्व रहेको प्रतिक्रिया दिए ।

भारतको समाजवादी आन्दोलनमा लामो समयदेखि सक्रिय नेता विजय प्रतापले भट्टराईलाई विरलै जन्मने नेताको संज्ञा दिए । आदर्शवान, इमानदारी र आर्थिक मामलामा स्वच्छ छवि कायम राख्न सक्नु भट्टराईको ठूलो क्षमता भएको उनको टिप्पणी थियो । भट्टराई २०४७ मा प्रधानमन्त्री हुँदाका बखत र त्यसपछि पनि पटकपटक भेटेको सम्झना गर्दै उनले भने, ‘तत्कालीन नेपाली राजनीतिमा जुन किसिमको परिवारवाद देखिन्थ्यो, त्यसबाट टाढा बसेर भट्टराईले आफ्नो महानता देखाउनुभएको थियो । आदर्शवादी हुँदाहुँदै पनि भट्टराईले कोरा किताबी क्रान्तिमा नभई मुलुकको माटो सुहाउँदो राजनीतिमा आफूलाई केन्दि्रत गरेको बुझाइ प्रतापको छ ।

भट्टराईका मित्रका रूपमा परिचित भारतीय नेता सुरेन्द्रमोहनकी श्रीमती मञ्जुमोहनले उनलाई एक अत्यन्तै सादा नेताका रूपमा स्मरण गरिन् । लामो समयदेखि भट्टराईसँग निकट रहँदै आएका अग्रणी समाजवादी नेता सुरेन्द्र मोहनको पनि दुई महिनाअघि निधन भएको थियो ।