किसुनजी राष्ट्रियता प्रति समर्पित सच्चा लोकतन्त्रवादी नेता हो – राष्ट्रपति

काठमाडौ  – किसुनजी प्रजातन्त्रको लागि अटल भएर जिन्दगीभर लाग्नु भयो । लोकतन्त्रको मुल्य मान्यतालाई कार्यरुपमानै अंगिकार गर्नु भएको उहाँ राष्ट्रियता प्रति समर्पित सच्चा लोकतन्त्रवादी नेता हो ।

 

सादा जीवन, उच्च विचार र नैतिकवान नेता हो । शक्तिमा गएको धेरै कम मानिस मात्रै आर्थिक अनुशासनमा बस्न सक्छन । तर उहाँले जीन्दगीभर शक्तिमा होस, नहोस आर्थिक लाभ प्रति कहिल्यै लोभ देखाउनु भएन । किसुनजी एउटा आध्यामिक पनि हुनुहुन्थ्यो ।

 

राजनीतिमा लाग्ने मानिसले  उहाबाट सिक्ने कुरा धेरै छन् ।  जनताको लागि, राष्ट्रका लागि नैतिकवान भएर लाग्नु पर्छ भन्ने मुल सन्देश किसुजीबाट सिक्नुपर्दछ ।  आर्थिक लाभबाट अगल भएर  जनता र राष्ट्रको सम्बृद्धिका लागि लाग्ने व्यक्तीले किसनुजीको मुल्य मान्यता र आदर्शबाट सिक्नुपर्छ ।

 

राष्ट्र र सम्पुर्ण नेपाली जनताको तर्फबाट म आव्हान गर्न चाहन्छु कि-राष्ट्र, राष्ट्रियता र एकतालाई कायम राखेर लोकतन्त्रलाई बलियो बनाउन किसनुजीजस्तो  राजननेताबाट सिक्नुपर्छ । राष्ट्रीयता र लोकतन्त्रलाई बलियो बनाउदै अमन चयन र शान्तिसुरक्षा कामय राख्न  उहाँबाट सिक्नुपर्ने बेला भएको छ ।  राष्ट्रअध्यक्ष र सम्पुर्ण नेपालीको तर्फबाट किसनुजीलाई सम्मान व्यक्त गर्न चाहन्छु ।