नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि

काठमाडौ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि गरेको छ । आइतबारदेखि लागु हुनेगरी पेट्रोलमा प्रति लिटर ९ रुपैयाँ बढाएर ९७ रुपैयाँ पुर्‍याएको छ ।

 

 त्यस्तै आन्तरिक हवाई इन्धनमा प्रति लिटर १० रुपैयाँ बढाइएको छ । अन्तर्राष्ट्रिय हवाई ईन्धनमा अहिले कायम ९ सय ४५ डलर प्रति हजार लिटरमा १ सय ३० डलर बढाएर १ हजार ७५ पुर्‍याएको छ । निगमले डिजल र मट्टतिेलको मूल्य भने बढाएको छैन । डिजेलमा प्रति लिटर १४ रुपैयाँ २७ पैसा घाटा रहेको निगमले जनाएको छ । पेट्रोलमा मूल्यवृद्धिपछि पनि प्रति लिटर ९ पैसा घाटा रहेको निगमले जनाएको छ ।

 

अहिले पनि निगमलाई १ अर्ब १४ करोड ६२ लाख रुपैयाँ मासिक घाटा रहेको निगमका प्रवक्ता मुकुन्द ढुंगेलले जानकारी दिए ।