नुवाकोटको तलाखुको शिवालयदेखि खोलेखर्क जाने ग्रामीण सठक निर्माण सम्पन्न

– कस्तुप देबकोटा
आँपपिपल-२, राउतेपानी, गोरखा
हाल नुवाकोट एफ. एम. १०६.८ मेगाहर्ज
महामण्डल-२, नुवाकोट

 

नुवाकोट – नुवाकोटको तलाखु गाविसको शिवालयदेखि खोलेखर्क जाने ग्रामीण सठक निर्माण सम्पन्न भएको छ ।
 

गाउँ विकास समितिको कार्यालयको ११ लाख रुपैयाको अनुदानमा पाच किलोमिटर लम्वाइको सडक निर्माण सम्पन्न भएको हो । नेपाली कांग्रेसका इकाइ सभापति कविराज गुरुङको पहलमा गाउमा मोटरबाटो बनेपछि गाउलेहरुले खुसीयाली मनाएको खोलेखर्क निमाविका प्रधानाध्यापक बुद्धध्वज थापाले जानकारी दिनुभयो ।