प्रधानमन्त्री खनालद्धारा विभिन्न तीन देशका राजदुत सँग छुट्टाछुट्टै भेटर्वाता

प्रधानमन्त्री झलनाथ खनालले विभिन्न तीन देशका राजदुत सँग छुट्टाछुट्टै भेटर्वाता गर्नु भएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा आज बिहान फिलिपिन्सका राजदुत रोनाल्ड अल्लारे, बेल्जियमका पेरे भासेन र आरमेनियाका आरा हाकोभियानसंग भेटवार्तामा गर्नुभएको हो।

 

भेटर्वातामा प्रधानमन्त्री खनालले नेपालको समसामयिक राजनितिक विषयका वारेमा राजदुतहरुलाई जानकारी गराउनु भएको थियो। राजदुतहरुले झलनाथ खनालको नेतृत्वमा बनेको सरकारको स्वागत गर्दै नेपालको जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा सहयोग गर्ने आश्वासन दिएका थिए। 


भेटका क्रममा प्रधानमन्त्री खनालले राजदुतहरुलाई शान्ति र संविधान लेखन प्रक्रिया छिट्ै टुंग्याउने जानकारी गराउनुभएको थियो। भेटमा नेपाल र ती देश बीचको आपसी सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ पार्ने विषयमा पनि छलफल भएको थियो। यसअघि बुधवार प्रधानमन्त्री खनालले चेकगणतन्त्र पेरु, इटलीका र साइप्रसका राजदुतसंग भेटवार्ता गर्नु भएको थियो।