बाजुरामा लगातार परेको असिनापानीले हिउँदे बाली नष्ट

बाजुरा – संचारमाध्यमहरुले उल्लेख गरे अनुसार बाजुरा सदरमुकाम मार्तडी लगायत जिल्लाको दक्षिणी क्षेत्रका अधिकांश गाविसमा आइतबार मध्यान्ह परेको असिनापानीले हिउँदे बाली नष्ट भएको छ ।

पछिल्ला दुई वर्षयताकै सबै बाक्लो मानिएको असिना मार्तडी, जुगाडा, बुढीगंगा, ब्रम्हतोला, कैलाशमाण्डौ, कुल्देवमाण्डौं लगायतका गाविसमा लगातार एक घण्टा वषिर्यको थियो ।

एक घण्टा बढी समय सम्म लगातार परेको असिनापानीले दक्षिणी क्षेत्रमा गहुँ, जौं, मसुरो लगायत हिउँदे तरकारीबालीमा समेत ६० प्रतिशतले क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयका डम्मरबहादुर सिंहले बताए । समयमै वर्षा भएकाले यसपालीको हिउँदे बाली विगतको भन्दा राम्रो थियो । जिल्लामा भरीमा दक्षिणी क्षेत्र खाद्यान्न उत्पादनका लागि राम्रो मानिन्छ ।

पुर्वोत्तरको अधिकांश भुभाग सुख्खा क्षेत्र भएपनि यहाँ भने गहुँ, जौ लगायतका बालीहरुको उत्पादन राम्रो हुन्छ । झण्डै आत्मनिर्भर यस क्षेत्रमा असिनापानी बाली नष्ट गरेपछि किसानहरु चिन्तित भएका छन् ।

कैलाशमाण्डौंका कर्णबहादुर थापाले भने, ‘असिनाले फक्रिसकेको बाली नष्ट गरेपछि गाउँमा खाद्यान्न संकट हुने भो ।’ जगाडा लगायतका डाँडाकाँडा समेत असिना पानीले सेताम्मे भएका छन् ।