पुनरावेदन अदालत पोखराका न्यायाधीसलाई न्याय परिषद्द्वारा कारवाही किन नगर्ने भन्दै स्पष्टिकरण माग

काठमाडौ – थाहा भए अनुसार  पुनरावेदन अदालत पोखराका न्यायाधीस ओमप्रसाद सुवेदीलाई न्याय परिषद्ले शुक्रबार कारवाही किन नगर्ने भन्दै स्पष्टिकरण मागेको छ ।

उनले आफ्नो पदीय जिम्मेवारी राम्रोसंग बहन नगरेको र नैतिक आचरण ठिक नदेखिएको भन्दै परिषद्ले स्पष्टिकरण मागेको हो ।

उनको स्पष्टिकरण चित्तबुझ्दो नलागेमा उनलाई सेवाबाट बर्खास्त गर्ने सम्मको कारवाही हुन सक्ने परिषद् स्रोतले जानकारी दिएको छ ।

उनी केही समयअघि एक महिलासंगको अबैध सम्बन्ध रहेको आरोपमा विवादमा परेका थिए ।