नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाले ९ सय सैयाको मनमोहन मेमोरियल शिक्षण अस्पताल निर्माण गर्ने भएको छ । काठमाडौंको स्वयम्भूमा निर्माण हुने अस्पतालको प्रधानमन्त्री झलनाथ खनालले आज सिलान्यास गर्नुभएको हो। भवन सिलन्यास गर्दै प्रधानमन्त्री खनालले मुलुकलाई समृद्ध बनाउन नयाँ अर्थनीति आवश्यक रहेको बताउनुभयो।
राष्ट्रिय अर्थतन्त्रको विकासका लागि राज्य, सहकारी र निजी क्षेत्रले सहकार्य गर्न जरुरी रहेको उहाँको भनाई थियो। २५ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको अस्पतालमा नौ सय सैया रहनेछ । सो अस्पताल कुल एक अर्व पाँच करोड अट्ठाइस लाख उनानब्बे हजार रुपैयाँको लागतमा निर्माण हुने भएको छ।